२०७८ साउन १८ गते सोमवार

कोरोना संक्रमित चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने



२७ कात्तिक । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिनुभयो ।

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकै छ । निमोनिया देखिएका पूर्वप्रधानमन्त्रीसमेत रहेका केसीको लामो समय उपचार गर्नुपर्ने देखिएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्