२०७८ साउन १६ गते शनिवार

प्रचण्ड र नेपाल समूह आक्रामक बनेपछि अन्ततःओली बैठकका लागि तयार



२७ कात्तिक । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली सचिवालय बैठकका लागि तयार भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूह आक्रामक बनेपछि अन्ततः ओली बैठकका लागि तयार भएका हुन् ।

नेकपाको सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । बैठकका लागि सचिवालय सदस्यहरुलाई महासचिव विष्णुप्रसाद पौडेलले खबर गरेका छन् ।

नेकपाभित्र लामो समयदेखि बैठककै लागि संघर्ष हुँदै आएको छ । अन्तिम समयमा ओलीले महासचिव पौडेललाई उपयुक्त समयमा बैठक बोलाउने जिम्मा दिएका थिए । नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड भनिए पनि ओलीले नै उक्त जिम्मेवारीको अभ्यास गरिरहेका छन् ।

यसअघि पाँच सचिवालय सदस्यले बैठकका लागि लिखित पत्र नै अध्यक्ष ओलीलाई बुझाई सकेका छन् । ओलीले पेल्दै गएपछि कुनै न कुनै विन्दूमा ‘जस्तोसुकै’ निर्णयका लागि पनि तयार हुनुपर्ने भन्दै दाहाल-नेपाल समूहले तयारी अगाडि बढाएपछि ओली बैठकका लागि तयार भएका हुन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्