२०७८ जेष्ठ २ गते आइतवार

सामुदायिक प्रहरी साझेदारिको नयाँ कार्यसमिति गठन



२६ कात्तिक । युथ डेभलपमेनट सोसाईटी नेपाल (वाइडियस )को आयोजनामा जनकपुर वडा न.१४ स्थित वडा प्रहरी कार्यालय,मुजेलिया र वडा ट्राफिक प्रहरी पोस्ट मुजेलियाको संयुक्त समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी साझेदारिको नयाँ कार्यसमिति २०७७ गठन गरिएको छ ।
वाइडियसका अध्यक्ष रवि कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा ट्राफिक प्रहरी कार्यालय धनुषाको प्रमुख ट्राफिक इनिस्पेक्टर नवराज न्योपाने ,विशिष्ट अतिथिको रूपमा वडा प्रहरी कार्यालय मुजेलिया प्रमुख श्रीनरायन पन्डित,अतिथिको रुपमा ट्राफिक पोस्ट मुजेलियाको इन्चार्ज दिपक सुवेदी ,पत्रकार लगायत अन्य व्यतिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष साहले प्रहरी र सर्वसाधारण जनता दुबै मिलेर समाजिक अपराध न्यूनीकरण गर्न सकिनछ भन्ने बताउनु भएको छ । प्रहरी पनि बर्दी लगाएको जनता हो । सर्वसाधारणको सहयोग विना प्रहरीले केही गर्न सक्दैन । प्रहरीसङ्ग भय र तरास नमानी आवश्यकतामा सके जति सहयोग गर्नु पर्छ । आज पनि कसैको घरमा प्रहरीले प्रवेश गरेमा उक्त व्यक्तिले केही गलत गरेको मान्शिक्ता अहिले पनि छदैछ । यस्तो मान्शिक्तामा परिवर्तन लयाउन आवश्यक पर्ने विभिन्न कार्यक्रम अगामि आउने दिनमा गरिराखने प्रतिबधता अध्यक्षले गरेका छन ।

नव निर्वाचित समितीमा रवि कुमार साह उक्त समितिको सन्योजक(अध्यक्ष),जानकी रमन झा स–सन्योजक,विवेक नन्दन कर्ण ,श्रीनारायन पन्डित (वडा प्रहरी मुजेलिया प्रमुख) सदस्य सचिव, अभिषेक यादव निमित कोषाध्यक्ष,जितेन्द्र यादव ,भवानी साह ,सुरक्षीत चौधरी ,सितल साह ,कृष्णा पाण्डे,बैधनाथ यादव,प्रफुल कर्ण,रुपेश झा,समीर खान,अजय यादव,कृष्णा महतो,सम्शेद अनसारी,अमित यादव, रवि साह र सन्नी साह सदस्य गरि २१ जनाको कार्यसमिती गठन गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्