२०७८ जेष्ठ १ गते शनिवार

दाङमा कोरोना भाइरसका सक्रिय विरामीको संख्या ५ सय ९६ पुग्यो



२६ कार्तिक । दाङमा कोरोना भाइरस संक्रमितका सकृय बिरामी बढ्न थालेका छन् । केही दिन पहिले सम्म सकृय संक्रमितको संख्या घट्दै गएको अबस्थामा फेरी सकृया बिरामीको संख्या बढ्न थालेको हो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले जिल्लामा सकृय विरामीको संख्या ५ सय ९६ पुगेको छ । कात्तिक १९ गते सकृय संक्रमित ४ सय ७१, २० गते ४ सय ७७, २१ गते ४ सय ७२, २२ गते ४ सय ४९, २३ गते ५ सय ४ जना र अहिले ५ सय ९६ जना पुगेको कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । अहिलेका सकृय संक्रमितहरु मध्य ५ सय २३ जना घरमै र ७३ जना सरकारले बनाएका सस्थागत आइसोलेशनमा बसेका छन् ।

अहिले सम्म दाङमा २ हजार ६ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको र ति मध्य २ हजार २८ जना कोरोना मुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । अहिले सम्म १३ हजार ५ सय २६ जना क्वारेन्टाईनमा बसेका छन् भने २० हजार ९ सय ८ जनाको पिसिआर जाँच भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्