२०७८ बैशाख ९ गते बिहिवार

थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि, १६६६ जना निको भए



२६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ। हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८९१२ जना रहेको छ। त्यसमध्ये १०५१९ जना संस्थागत र बाँकी होम आइसोलेसनमा रहेका छन्। आज १६६६ जना संक्रमित निको भएका छन्। यससँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या १६२२४३ जना रहेको छ।

पछिल्लो २४ घण्टामा मुलुकमा १००८१ वटा नमूना पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म नेपालमा कुल १५७४२९५ वटा नमूना पीसीआर परीक्षण गरेको मन्त्रालयको दाबी छ। हाल ११०९ जना क्वारेन्टिनमा रहेका छन्।  त्यस्तै ३८२ जना आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्