२५ कात्तिक । मकवानपुरमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ।
उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।
प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार