२०७८ असार १० गते बिहिवार

बंगलाचुली भित्रका विद्यालय अनिश्चिककालका लागि बन्द



२५ कार्तिक । बंगलाचुली गाउँपालिका भित्रका विद्यालय अनिश्चिककालका लागि बन्द हुने भएका छन् । गाउँपालिकाकाले आज सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम बढ्दै गएकाले प्रत्यक्ष रुपमा संचालन भएको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने जनाएको छ । सूचनामा जारी गर्दै अर्को सूचना नआएसम्म सिक्षण सिकाई क्रियाकलाप बन्द हुने जनाएको छ प्रशासनिक काम भने जरी रहने जनाएको छ । यसैबीच दाङमा कोरोना जोखिम बढ्दै गएपछि विद्यालयहरु पुनः बन्द हुने क्रम बढ्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ७ मा पनि विद्यालय बन्द गरिएको छ । दशैं अघि पनि कोरोना जोखिम बढेको भन्दै बंगलाचुलीसँगै तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बबई गाउँपालिकाले केही दिन विद्यालय बन्द गरिएको थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्