२०७८ बैशाख ५ गते आइतवार

२४ घण्टामा २७ सय ३६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या दुई लाख नजिक



२५ कात्तिक । पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना भाइरस(कोभिड–१९) पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । जसमध्ये १ लाख ६० हजार ५७७ जनाले कोरोना जितेका छन् ।

२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ । अहिले क्वरेन्टाइनमा भने एक हजार ५८ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्