२०७८ साउन १८ गते सोमवार

सल्यानमा पनि यो बर्ष देउसी-भैलो खेल्न नपाइने



२४ कार्तिक  । 
कर्णाली प्रदेश सल्यान जिल्लामा यस वर्ष देउसी-भैलो खेल्न नपाइने भएको छ। जिल्ला सुरक्षा समिति सल्यानको कार्तिक २२ गते बसेको बैठकले कोरोना संक्रमण कोभिड-१९ को जोखिम कायम रहेको भन्दै देउसी-भैलो खेल्न प्रतिबन्ध लागेको हो। शुभ दिपावली नजिकिदै गर्दा देउसी-भैलो नखेल्न , स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न ,अनावश्यक आवतजावत र भिडभाड नगर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न ,भोज भतेर नगर्न जाड रक्सी नखान तथा जुवाताज नखेल जो जहा छ त्यहि बसेर चाडपर्ब मनाउन जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले सम्पुर्ण आम नागरिकलाई आह्वान गर्नु भएको छ ।

पटाका पट्काउने तथा आतिश बाजी गर्ने कार्य गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने साथै आगलागीभई जनधनको क्षेति हुने भएकोले विस्फोटक पदार्थहरु खरिद बिक्रि तथा ओसार पसार नगर्न समेत जिल्ला प्रहरी कार्यालय सल्यानले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छ्न । सुचनाको पूर्णरुपमा पालना गर्न र यदि सूचना बिपरित कार्य गरेको पाइएमा कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले बताएका छ्न ।

 

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्