२०७८ जेष्ठ १ गते शनिवार

दाङका ४ जनामा कोरोना संक्रमण पुष्टि



२४ कार्तिक । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको परिक्षणमा दाङका ४ जनासहित ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको सूचना अनुसार दाङका ४ जना मध्ये घोराही उपमहानगरपालिका वडा नम्बर ९ र १५ का दुई जना, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का एक जना र दंगीशरण गाउँपालिका वडा नम्बर ६ का एक जना रहेका छन् ।
यस्तै बाँकेका १२ जना, बर्दियाका २४ जना र कैलीका एक जना रहेका छन् । वितेको २४ घण्टामा १९४ जनाको आरटिपिसिआर विधिद्धारा गरिएको परिक्षणमा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालमा आजसम्म ४७ हजार ७ २९ जनाको कोरोना परिक्षण गरिएकोमा ३ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्