२०७८ साउन १९ गते मङ्गलवार

दाङको रक्तसन्चार केन्द्रमा रगत अभाव



२३ कार्तिक । कोरोना महामारीको जोखिम बढ्दै गएपछि रगतदाताहरूको सहभागिता कम हुन थालेपछि दाङमा पुनः रगत अभाव देखिएको हो । कोरोना महामारीको त्रासका कारण लामो समयदेखि रक्तदानका लागि नियमित रक्तदातासँग विभिन्न अवसरमा रगतदान गर्नेहरूले रक्तदानका लागि भेला, जमघटका कार्यक्रमहरू सञ्चालन हुन नसकेका कारण अभाव भएको छ । जसका कारण केही समययता जिल्लाका सबै ठाउँमा रगतको अभाव भएको छ । पर्याप्त मात्रामा रगत नहुँदा बिरामीहरूको उपचारमा समस्या भइरहेको छ भने रगतको आवश्यकता भएका बिरामी र आफन्तहरूले व्यक्तिगत रूपमा दाताको खोजी गरी रगतको बन्दोबस्त गर्नुपर्ने बाध्यता सुरू भएको छ । लामो समयदेखि नियमित रूपमा हुने रक्तदानका कार्यक्रमहरू सञ्चालन नहुँदा जिल्लामा रगतको अभाव बढेको रक्तसञ्चार दाङका इन्चार्ज दिलिप न्यौपानेले बताउनुभएको छ । विगतका वर्षहरूमा गु्रपका आधारमा रगतको अभाव हुने गरेको भएपनि यस वर्ष सबै ग्रुपको रगतको अभाव रहेको उहाँको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्