२०७८ असार ८ गते मङ्गलवार

तुलसीपुरमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु



२३ कार्तिक । तुलसीपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । गएराती तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का ५७ बर्षका पुरुषको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो । तुलसीपुरका कोरोना संक्रमित सबैको जिल्ला बाहिर उपचारको क्रममा निधन भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । यसैबिच तुलसीपुरमा कोरोना संक्रमित संख्या ६ सय नजिक पुगेको छ । अहिलेसम्म तुलसीपुरमा ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो । अहिले तुलसीपुरमा सकृय संक्रमित संख्या १९५ जना रहेका छन् भने हालसम्म ३ सय ९३ जना संक्रमण मुक्ता भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्