२०७८ मङ्सिर १६ गते बिहिवार

पछिल्लो २४ घण्टामा २ हजार ८१७ जना कोरोना पुष्टि, २१ जनाको मृत्यु



२३ कात्तिक । नेपालमा बितेको २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । यो अवधिमा १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९४,४०० नाघेको छ। अहिले देशभरि ३५,४१९ सक्रिय सङ्क्रमित रहेको सरकारी तथ्याकमा उल्लेख छ ।

थप २१ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको ज्यान गएको छ । अहिलेसम्म नेपालमा १,१०८सङ्क्रमितको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा थप १५३३ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकमा बितेको २४ घण्टामा थप १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्