२०७८ बैशाख ५ गते आइतवार

प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच छलफल



२३ कार्तिक । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई अध्यक्ष केपी शर्मा ओली र पुश्पकमल दाहाल प्रचण्डबीचको विवाद चुलिँदै जाँदा बालुवाटारमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल चलिरहेको छ।

वरिष्ठ नेता नेपाल तथा उनीनिकटहरुले पार्टीभित्रको विवादमा कार्यकारी अध्यक्ष प्रचण्डललाई साथ दिँदै आएका छन्। तर पछिल्लो समय प्रधानमन्त्री ओलीले मदन भण्डारीद्धारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनबाद ९जबज० मार्फत एकताका लागि वरिष्ठ नेता नेपाललाई प्रस्ताब गरेका थिए।

ओलीले यही कात्तिकमामात्र यसअघि दुई पटक नेपालसँग भेटेर पूर्व एमालेहरु सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता नेपालसमक्ष प्रस्ताब गरेका थिए। ओली पक्षधर नेताहरुले एमालेका पुराना नेता प्रदीप नेपालकहाँ पुगेरै वरिष्ठ नेता नेपाललाई सहकार्यका लागि सम्झाउन अनुरोध गरेका थिए। त्यसपछि प्रदीप नेपालले पनि वरिष्ठ नेता नेपाललाई ओलीसँग सहकार्य गर्दै पूर्व एमालेहरु मिल्न र जबजलाई स्थापित गर्न सुझाएका थिए।

ओलीको प्रस्ताबमा लामो समयदेखि कटुतापूर्ण सम्बन्ध रहेका कारण वरिष्ठ नेता नेपाल सुरुमै विश्वस्त हुन नसके पनि उनले त्यसलाई गम्भीरतापूर्वक विचार गरिरहेको उनीनिकट नेताहरुले बताएका थिए।

यसैबीच आज ओलीको निमन्त्रणामा वरिष्ठ नेता नेपाल आफू निकट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका हुन्।

यसअघि पनि जबजमार्फत पूर्व एमालेहरुबीच सहकार्यको वातावरण मिलाउनका लागि ओली पक्षबाट महासचिव विष्णु पौडेल र नेपाल पक्षबाट भीम रावलबीच लामै छलफल भएको थियो।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्