२०७८ बैशाख ९ गते बिहिवार

बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा बागचौरको वडा नं.१ गैराबेतमा सुरु



२१ कात्तिक ।
सुरक्षित आप्रवासन परियोजना सामी वैदेशिक रोजगारमा रहेका परिवारका लागि वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा बागचौर नगरपालिकाको वडा नं १ मा संचालन गरिएको छ । सामी परियोजना नेपाल सरकार र स्वीस बीच भएको द्विपक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको समन्वयमा सन्चालन गरिएको हो । कार्यक्रम सन्चालनका लागि प्राबिधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ भने वित्तीय साक्षरता कार्यक्रमको लागि डेप्रोक्स नेपालले साझेदारी गरेको छ ।

वित्तीय पहुच नभएका समुदायका बिपन्न, जनजाती, दलित महीलाहरुलाई लक्षित गरेर कार्यक्रम सन्चालन गरिएको सामी परियोजना डेभलपमेन्ट सोसाइटी नेपाल, सल्यान, बागचौर उपकेन्द्रका वित्तीय साक्षरता सहजकर्ता (FLF) पुष्पा रिजन डि.सी.ले सामी परियोजनाको औचित्य प्रकाशन गरेका थिए । सामी परियोजना देशका ३९ जिल्लामा सन्चालन छ भने सल्यान जिल्लाका ४ ओटा स्थानीय तह शारदा नगरपालिका , बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा सामी परियोजनाले वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सन्चालन गर्दैछ ।

महिलाहरुलाई वित्तीय रुपमा सबल बनाउनका लागि आफ्ना स्थानीय तहमा कार्यक्रम संचालन गरिएकोमा खुसी व्यक्त गर्दै वैदेशिक रोजगारमा गएका परिवारका सदस्य सबैको उपस्थिति हुनुपर्ने जरुरी रहेको वडा नं.१ का वडासदस्य शुसिला के सीले बताएकी थिईन । वैदेशिक रोजगारमा जानु भन्दा पहीले निश्चित प्रक्रीयाहरुका बारेमा बुझ्नुपर्ने र मनोसामाजिक परामर्श समेत लिनु पर्ने उनले भनिन । वैदेशिक रोजगारमा गएका व्यक्तिलाई एउटा काम भनेर अर्को काममा लगाएको भए पनि सुरक्षित आप्रवासन रिपोर्ट दर्ता गर्न सकीने आधार तयार हुने साथै वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सबैको महत्वपुर्ण सहभागिता रहने अपेक्षा आफुहरुले लिएको मनोसामाजिक परामर्शकर्ता बिमला बस्नेतले बताईन ।

 

अहिले बागचौर नगरपालिकाको १, ४ र ५ नं. वडाको लागि यो कार्यक्रम सुचारु गर्न संस्था र स्थानीय तहले निर्देशन दिए बमोजिम ३ वटै वडामा करिब २५ जना सहभागीको उपस्थितिमा ४ वटा समूह गठनको काम पूरा गरिसकेको र लगत्तै सबै ठाउँमा कक्षा सुचारु गरिने वित्तीय सहजकर्ता रमेश डि.सी. ले बताएका छन । कार्यक्रमा वडा नं.१ का वडासदस्य शुसिला के.सी. डेभलपमेन्ट सोसाइटी नेपाल, सल्यान उपकेन्द्र बागचौरकी मनोसामाजिक परामर्शकर्ता बिमला बस्नेत, वित्तीय साक्षरता सहजकर्ता पुष्पा रिजन डि।सी।, रमेश डि.सी. र वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्