२०७८ बैशाख ७ गते मङ्गलवार

दाङका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु



२१ कार्तिक । दाङका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार राती भेरी अस्पताल नेपालगन्जजमा उपचारका क्रममा लमही नगरपालिका १० का ६४ बर्षीय पुरुषको मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनको १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब संकलन गरिएकोमा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । तर अवस्थामा सुधार नआएपछि १९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि उनको उपचारका क्रममा बिहीबार राती ९ बजे मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा पुगेका २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वस्थ्य कार्यालय दाङका अनुसार जिल्ला कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्