२०७८ असार ८ गते मङ्गलवार

घोराही- ५ को वडा कार्यालय २५ गते सम्म बन्द



२१ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. ५ को वडा कार्यालय कार्तिकको २५ गते मंगलवारसम्म बन्द रहने भएको छ ।

स्वाव परिक्षणका क्रममा वडा कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिको र अन्य कर्मचारीहरुको पनि स्वास्थ परिक्षण गर्नुपर्ने भएकाले कार्तिक २१ गते शुक्रबारदेखि २५ गतेसम्म वडा कार्यालय बन्द रहने भएको वडा अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन् ।

वडा अध्यक्ष दाहालले वडा कार्यालय बन्द रहदा सेवाग्राहीमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी समेत मागेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार हाल दाङमा दुई हजार तीन सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

उनीहरु मध्य एक हजार ८ सय ९२ जना उपचारपछि कोरोना मुक्त भएका छन् भने ४ सय ८७ जना उपचाररत अवस्थामा रहेका छन् । उनीहरु मध्य केहीको कोरोना विशेष अस्पताल बेलझुण्डी र देउखुरी आइसोलेसन सेन्टरमा उपचार भैरहेको छ भने अधिकांस कोरोना संक्रमित घरमै रहेका छन् ।

हालसम्म दाङमा २० हजार दुई सय ८४ जनाको स्वाव परिक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्