२०७८ बैशाख २ गते बिहिवार

प्रधानमन्त्री ओली र नरवणेबीच बालुवाटारमा शिष्टाचार भेट



२१ कार्तिक । प्रधानमन्त्री केपीशर्मा ओलीले तीन दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाअध्यक्ष जनरल मनोज मुकुन्द नरवाणेसँग भेट गरेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले नरवाणेसँग शिष्टाचार भेट गरेका हुन् ।

नरवणे बुधबार नेपाल भ्रमणमा आएका थिए । उनलाई बिहीबारराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी हुन् । त्यसअघि उनल प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि नरवाणे शिवपुरीस्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् भने आज नै उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्