२०७८ साउन १६ गते शनिवार

आज कार्तिक २१ गते शुक्रबारको राशिफल



२१ कार्तिक ।
मेष- सामान हराउन सक्नेछ । यात्रामा तनाव हुनेछ । व्यवसायकाे क्षति बेहोर्नु पर्नेछ ।
वृष- कृषि खाद्यान्नबाट फाइदा हुनेछ । मित्रबाट धनसम्पति जोहोहुनेछ । नयाँ काममा फाईदा मिल्नेछ ।
मिथुन- नयाँ जिम्मेवारी थपिनेछ । सरकारी काम बन्नेछ । रोजगारकोबाटो देखिनेछ ।
कर्कट- काममा सन्तोष मिल्नेछ । धर्म कर्ममा व्यस्तता बढ्नेछ । स्थान परिवर्तन हुनेछ ।
सिंह- बाचामा धोका हुनेछ । अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।
कन्या- वैवाहिक कुराले प्रशय पाउनेछ । प्रेममा खुशी बढ्नेछ । व्यावसायिक तनाव हुनेछ ।

तुला- आफन्तमा मनमुटाब हुनेछ । स्वास्थ्यमा सुधार आउँनेछ ।मुद्दामामिला राहत हुनेछ ।
वृश्चिक- कला संगीतमा प्रगति मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । कृषि कर्मबाट आर्थिक वृद्धि हुनेछ ।
धनु- घरायसी र पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा शंकाले चिन्ता बढाउनेछ । मौसमी विसञ्चोपना देखिनेछ ।
मकर- नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाइको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
कुम्भ- कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
मीन- साथीभाइसँग मनोरन्जनमा धन खर्च हुनेछ । हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्