२०७८ साउन १३ गते बुधवार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार



२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्षबीच भेट भएको हो। अहिले छलफल जारी छ। यसअघि दुई अध्यक्षबीच कार्तिक १५ गते छलफल भएको थियो। त्यसयता उनीहरुबीच भेटघाट हुन सकेको थिएन।

दोस्रो तहका नेताहरुको सक्रियता र दवावपछि पाचौं दिनमा दुई अध्यक्ष छलफलका लागि जुटेका हुन्।

कार्तिक १५ गते ११ दिनको मौनता तोड्दै भएको उक्त भेटमा ओलीले पार्टी अलग गरेर जाऔं भन्ने प्रस्ताव राखेको प्रचण्डले बहुमत सचिवालय सदस्यहरुको भेलामा जानकारी गराएका थिए।

उता, बुधवारमात्रै प्रधानमन्त्री ‌ओलीले आफूको राजीनामा मागिएको तर कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले कुनै हालतमा राजीनामा नदिने बताएका थिए।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णालीका प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव रअ प्रमुख र प्रधानमन्त्री बीच भेट लगायतका विषयले पार्टीको शीर्ष तहमा विवाद चर्केको हो।

दुई अध्यक्षको छलफलले मात्र पार्टीमा देखिएको विवाद समाधान नहुने भन्दै नेताहरुले बैठकको माग पनि गरिरहेका छन्।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्