१९ कार्तिक । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको परिक्षणमा दाङका ३ जना सहित ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले जारी गरेको सूचना अनुसार दाङका ३ जना मध्ये तुलसीपुर उपमहानगरपालिकाका २ जना र बबई गाउँपालिकाका १ जना रहेका छन् ।
त्यसैगरी बाँकेका १८ जना, बर्दियाका १२ जना, सुर्खेत, सल्यान, नवलपरासी पश्चिमका एक एक जना रहेको अस्पतालले जनाएको छ । १ सय ६० जनाको आरटिपिसिआर विधिद्धारा गरिएको परिक्षणमा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार