२०७८ असोज १ गते शुक्रवार

गाउँपालिका भित्रका सडक मर्मत कार्य सम्पन्न

रुकुम पश्चिम


१९ कार्तिक। रुकुम पश्चिम सानीभेरी गाउँपालिका भित्रका सडक मर्मत कार्य सम्पन्न भएको छ ।

साविब सिम्ली र अर्मा गाविस हालको सानीभेरी गाउँपालिका ८ र १० का आज सडक मर्मत गरि सकेपछि सानीभेरीका सबै सडक मर्मत भएको गाउँपालिकाले जानकार दिएको छ।
आज चौरजहारी नगरपालिका १४ को तिमिलेदेखि चिन्तु सम्म शसिराम खड्काको ठेक्का र सिम्ली तल्लोआमडाँडा बिप्पे हुँदै चिन्तुसम्मको ठेक्का मित्रलाल बिकको रहेकाले दुवै जनाले एकैपटक सडक मर्मत गर्न डोजर पुर्याएर आफ्नो कार्य सकेका छन् ।बर्षातको कारण अबरुद्ध सडक साविक सिम्ली र अर्मालाई बिस लाख बजेट सडक मर्मत गर्न छुट्टाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिं बिष्ट जानकार दिनुभएको छ।सडक मर्मत कार्य सकिएपछि चौरजहारी जोगिनेटा तिमिले चिन्तु आमडाँडा हुँदै सिम्ली मुसिकोट खलंगासम्म यात्रा गर्न सहज हुने भएकोले स्थानीयहरु खुशी समेत भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्