२०७८ कार्तिक १ गते सोमवार

२४ घण्टामा ३ हजार ११४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ३७ हजार चार सय ७६



१८ कार्तिक । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २० जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म एक हजार चारजनाको संक्रमणबाट निधन भएको जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबार देशभर थप ३१ सय १४ जना संक्रमित थपिएको र ३१ सय ४२ जना निको भएका छन् ।

संक्रिय संक्रमित ३७ हजार चार सय ७६ जना छन् । त्यसैगरी संक्रमितमध्ये तीन सय ७२ जनाको आइसियू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्