२०७८ भाद्र ३१ गते बिहिवार

हुन्डीको अवैध कारोबारमा संलग्न तीन जना पक्राउ



१८ कार्तिक । अवैध कारोबार हुन्डीको एक करोड रुपैयाँसहित काठमाण्डौबाट तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ओमबहालबाट उनीहरुलाई पक्राउ गरेको हो । सीआईबीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल पक्राउ गरेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिनुभयो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्