२०७८ असोज ११ गते सोमवार

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु

सल्यान


१८ कात्तिक । सल्यानमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको लान्तिबाट श्रीनगर जादै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकलमा पछाडि सवार अन्दाजी २६ वर्षका पूर्ण रेउलेको जिल्ला अस्पताल सल्यानामा उपचारको क्रममा मृत्यु भएको हो। सोमबार बेलुका ६ बजेतिर सल्यानको लान्ती बजार नजीक मोटरसाइकल दुर्घटना हुँदा रेउले गम्भीर घाइते भएका थिए । प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए।
मृतकको ठेगाना जिल्ला दाङ चिराघाट रहेको बुझिएको र वायरिङको कामको लागी आजै सल्यान आएको बुझिएको छ ।दाङबाट गाडीमा लान्ति सम्म आएर लान्तिबाट उनी मोटरसाइकलको लिफ्ट लिई श्रीनगर तर्फ जाँदै गर्दा दुर्घटना भएको हो। मोटरसाइकल चालक सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली जानकारी दिएका छ्न ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्