२०७८ कार्तिक ९ गते मङ्गलवार

सल्यानमा सुतेको ओच्छ्यानमा आगो सल्किँदा महिलाको मृत्यु

सल्यान


१७ कार्तिक । सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको ज्यान गएको छ ।
जिल्लाको शारदा नगरपालिका– २ मैसेपानी निवासी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति खाना खाएर सुत्ने वेला चुरोट खाएर ननिभाएपछि महिला निदाएको र त्यसैबाट सुतेको ओच्छ्यानमा आगो सल्किँदा महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।
पतिको केही वर्षअघि निधन भएको र महिलाका दुई छोरा रहे पनि हाल एक वैदेशिक रोजगारीमा तेस्रो मुलुकमा र अर्को छोरा नेपालगन्जमा रहेकाले घरमा एक्लै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।
घटना रातिको भए पनि छिमेकीले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाको मुचुल्का उठाई शवको पोस्टमार्टमसमेत भइसकेको प्रहरी प्रवक्ता वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्