२०७८ असोज ८ गते शुक्रवार

दाङमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो



१७ कार्तिक । दाङका थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्युभएको छ । तुलसीपुर उपमहानगरपालिका ९ का ४८ बर्षिय पुरुषको नेपालगञ्ज स्थित भेरी अस्पताल बाँकेमा उपचारको क्रममा मृत्युभएको हो । असोज ११ कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै दाङका १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्युभएको छ । अस्ती मात्रै घोराही र तुलसीपुरका दुईजना कोरोना संक्रमितको कोहलपुरमा मृत्युभएको थियो । दाङमा अहिले सम्म २ हजार एक सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य एक हजार ७ सय ६ जना संक्रमण मुक्त भएका छन् भने ४ सय ४७ जना सकृय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्