२०७८ साउन १२ गते मङ्गलवार

मालारानी गाउँपालिकामा बिद्यालय संचालन, विद्यार्थी उपस्थित संख्या न्युन



१७ कात्तिक, अर्घाखाँची । प्रदेश ५ को पहाडी जिल्ला मध्य अर्घाखाँची पनि एक हो । जिल्लाको मालारानी गाउँपालिकामा रहेका बिद्यालयहरु आज देखि वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई सिकाई सहजीकरण गरि पठनपाठन सुरु भएको छ।

कोभिड १९को कारण बिधालयमा दैनिकी स्कुल खोल्ने,विद्यार्थी भर्ना गर्ने काम भएपनि पठनपाठन भने भएको थिएन,तर वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई आज देखि गाउँपालिका भित्रका धेरै बिद्यालयमा पठनपाठन सुरु गरिएको हो।

पछिल्लो समय नेपाल सरकारले बैकल्पिक शिक्षा लागु गरेको भएपनि कोभिड १९ को समय पढाई ५ तरिकाले पढ्न सक्ने नियम अनुसार, रेडियो, टिभी,अनलाइन, शिक्षक टोलं टोल गएर पढाउने, कम्प्युटर इत्यादि माध्यम बाट पठनपाठन गराउने भनिएपनि उक्त गाउँपालिका भित्रका बिद्यालयहरु भौगोलिक हिसाबले असुविधा भएको कारण विद्यार्थीलाई सहज तरिकाले पढाउने काम भएको थिएन।

कस्तो सुरक्षा विधि अपनाइ विद्यालय संचालन भए ?

मालारानी गाउँपालीका भित्र रहेका विद्यालयहरुमा विद्यार्थीहरुलाई विद्यालय आउनु भन्दा पहिले र विद्यालयबाट घर गए लगत्तै साबुनपानीले हात अनिवार्य धुनुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, निड्य गरि बिधालय संचालनमा ल्याईएको हो।

कोभिड १९को कारण बिधालय बन्दा बन्दी भएको ७ महिना पछि विद्यालय संचालनमा आएका हुन,तर विद्यालय संचालनमा आए पनि बिद्यार्थी उपस्थित संख्या पहिलेको तुलनामा निकै न्युन रहेको छ

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्