२०७८ जेष्ठ ३ गते सोमवार

तुलसीपुरमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु



१७ कार्तिक । दाङको तुलसीपुरका एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो।

उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनी कात्तिक १० गते अस्पताल भर्ना भएका थिए। पिसिआर परीक्षण गर्दा ११ गते उनलाई संक्रमण पुष्टि भएको थियो। योसहित बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका २१ र बाँके जिल्लाका ३३ जना गरी कुल ५४ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले सेतोपाटीलाई बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्