२०७८ जेष्ठ १ गते शनिवार

विश्वभर कोरोना संक्रमित संख्या ४ करोड ६८ लाख २३ हजार, निको हुनेको संख्या ३ करोड ३७ लाख नाघ्यो



१७ कात्तिक । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ६८ लाख २३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ लाख २९ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ५ हजार ३२१ पुगेको छ । हालसम्म ३ करोड ३७ लाख ५६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ लाख ७३ हजार ९११ पुगेको छ । यहाँ हालसम्म २ लाख ३६ हजार ४७१ हजार जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ८२ लाख २९ हजार ३२२ संक्रमित हुँदा १ लाख २२ हजार ६४२ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५५ लाख ४५ हजार ७०५ जना संक्रमित हुँदा १ लाख ६० हजार ७०४ जनाको मृत्यु भएको छ । रुसमा १६ लाख ३६ हजार ७८१ संक्रमित हुँदा २८ हजार २३५ जनाको मृत्यु भएको छ । फ्रान्समा १४ लाख १३ हजार ९१५ संक्रमित हुँदा ३७ हजार १९ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या १२ लाख ६४ हजार ५१७ पुगेको छ भने ३५ हजार ८७८ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ११ लाख ७३ हजार ५३३ संक्रमित हुँदा ३१ हजार १४० जनाको मृत्यु भएको छ । कोलम्बियामा १० लाख ८३ हजार ३२१ संक्रमित हुँदा ३१ हजार ५१५ जनाको मृत्य भएको छ ।

यता, बेलायतमा हालसम्म १० लाख ३४ हजार ९१४ जना संक्रमित रहेका छन् ४६ हजार ७१७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ९ लाख २९ हजार ३९२ जना संक्रमित हुँदा ९१ हजार ८९५ को मृत्यु भएको छ । पेरुमा ९ लाख ४ हजार ९११ जना संक्रमित हुँदा ३४ हजार ५२९ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख २६ हजार ८२३ जना संक्रमित हुँदा १९ हजार ४११ जनाको मृत्यु भएको छ ।

इटलीमा ७ लाख ९ हजार ३३५ जना संक्रमित हुँदा ३८ हजार ८२६ जनाको मृत्यु भएको छ । इरानमा ६ लाख २० हजार ४९१ जना संक्रमित हँदा ३५ हजार २९८ जनाको मृत्यु भएको छ । जर्मनीमा ५ लाख ४४ हजार ३४६ जना संक्रमित हुँदा १० हजार ६२२ जनाको मृत्यु भएको छ । चिलीमा ५ लाख ११ हजार ८६४ जना संक्रमित हुँदा १४ हजार २४७ को मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ४ लाख ९ हजार २५२ जना संक्रमित हुँदा ५ हजार ९४१ को मृत्यु भएको छ।

पाकिस्तानमा ३ लाख ३५ हजार ९३ संक्रमित हुँदा ६ हजार ८३५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ लाख ७३ हजार ५६७ जना संक्रमति फेला पर्दा १ लाख ३४ हजार ८४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ९६० जनाको भने मृत्यु भएको छ ।

जापानमा १ लाख १ हजार १४६ जना संक्रमित हुँदा १ हजार ७६६ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार २१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्