२०७८ असोज ८ गते शुक्रवार

पूर्वमन्त्री एवम् कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार



१६ कात्तिक । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्मालाई शनिबार आईसीयूबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।

 

कात्तिक १ गते कोरोना पुष्टि भएपछि ८ दिनसम्म होम आइसोलेशनमा बसेका उनको स्वास्थ्य सुधार नभएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

वीर अस्पतालमा उपचार गराएको तीन दिनसम्म पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई ग्राण्डी अस्पतालमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्