२०७८ कार्तिक ९ गते मङ्गलवार

प्यूठानका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



१५ कार्तिक  । चितवनको चितवन मेडिकल कलेजमा उपचारत प्यूठानका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं ३ दारिमचौरका ५४ वर्षिय पुरुषको शुक्रवार राती ११ बजे चितवनमा उपचारका क्रममा मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिएका छन् ।

निमुनियाको समस्या भएका पुरुषको वुटवलमा उपचार नभएपछि उपचारका लागि चितवन लगिएको थियो । उनलाई कार्तिक १२ गते चितवनमा कोरोना पुष्टि भएको पोख्रेलले बताउनुभयो । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ पुगेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्