२०७८ जेष्ठ १ गते शनिवार

बाँकेमा गरिएको परिक्षणमा दाङका १ जना सहित ३० जनामा कोरोना संक्रमण



१४ कार्तिक । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा आज दाङका १ जनासहित ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा दाङका १ जना, बाँकेका १७ जना, बर्दियाका ८ जना, पाल्पा, झापा, सुर्खेत र दैलेखका एक एक जना रहेका छन् ।

भेरी अस्पतालले जारी गरेको सूचना अनुसार १ सय २१ जनाको आरटिपिसिआर विधिबाट परिक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको छ । जुन २० वर्षदेखि ८१ वर्षसम्मका रहेका छन् । अहिलेसम्म भेरी अस्पतालमा ४६ हजार १ सय १ जनाको परिक्षण गरिसकिएको छ भने ३ हजार ५ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्