२०७८ जेष्ठ २ गते आइतवार

पूर्व जनमुक्ति सेनाका भाईस पलाटुन कमाण्डर घर्ति नेपाली कांग्रेसमा प्रवेश



 १४  कार्तिक । रुकुम पश्चिममा पूर्व जनमुक्ति सेनाका भाईस पलाटुन कमाण्डर तथा गाउँ इन्चार्ज यामबहादुर घर्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको मुसीकोट नगरपालिका-११ लहुँ निबासी यामबहादुर घर्तिले कम्युनिष्ट सरकारले देश र जनताको भन्दा आसेपासेमुखी भएका कारण कांग्रेसमा प्रवेश गरेको बताए । उनले भने, ‘इमान्दार कार्यकर्ताहरु पाखा लगाई सक्ता र शक्तिमा नातावाद, कृपावाद हाबी भएकोले नेकपा छोडेको जनाए ।

शुक्रबार बिहान एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुकुम पश्चिमको पार्टी कार्यालयमा घर्तिलाई कांग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीले पार्टी सदस्यता पत्र प्रदान गदै स्वागत गरेका हुन । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाली कांग्रेस पूर्व पार्टी सभापति मानबहादुर नेपाली, पार्टी सचिव गोरखबहादुर खत्री जिल्ला सदस्य टोपबहादुर खड्का लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्