२०७८ कार्तिक १ गते सोमवार

सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँ



१४ कात्तिक । यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडी नै सयपत्री फूल फुलिसक्ने भएकाले माग अनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समय भन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेति गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताएका छन् ।

रिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २/२२ दिन पछाडि धकेलिएपनि फुलको बजारलाई कुनै असर नपर्ने बताए । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडी नै सुकेर जाने भएपनि व्यवसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।गतवर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन गरिएको पनि अध्यक्ष कसजुले बताए । यसवर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाई छ ।

यसवर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँ सम्म पर्न सक्ने बताए । गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताए । केही फूल तिहार सम्म काम नलाग्ने गरी सुकिसकेको पनि उनले बताए । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूल समेत सुक्ने भएकाले तिहार सम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उनले बताए ।तिहार पछाडि भएपनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट पूmल आयात गर्न नहुने व्यवसायीहरुको भनाई छ ।

अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाईले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । गतवर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्