२०७८ जेष्ठ १ गते शनिवार

तुलसीपुरका कुमार विकको आक्रमणमा संलग्न दुईजनालाई पक्राउ गरि सार्वजनिक



१४ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको आक्रमणमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न भएको अरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनीहरुको साथबाट आक्रमणमा प्रयोग गर्न प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न रहेको अबस्थामा लगाएका कपडाहरु बरामद गरेको छ ।

गम्भीर घाईते भएका विकको भारतको लखनउमा उपचार भइरहेको छ । कात्तिक १० गते दशैको दिन साँझ १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.१० गोलौरीमा पुकार पसलबाट पढ्ढा तर्फ जाने सडकमा बिकलाई आक्रमण गरिएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्