२०७८ बैशाख ५ गते आइतवार

दशैंलगत्तै दाेब्बर बढ्याे तरकारीकाे मूल्य



१४ कात्तिक । दसैं सुरु भएयता देशभर तरकारीको मूल्य ह्वात्तै बढेको छ । सर्वसाधारणको भान्सामा दैनिक प्रयोग गरिने प्याज, आलु, लसुन, टमाटर, काउलीलगायत तरकारीको मस्ल्य दसैंअघिको तुलनामा दोब्बर वृद्धि भएको छ ।

राजधानीलगायत देशभर तरकारीको मूल्य अकासिएपछि उपभोक्ता मारमा परेका छन् । बजारमा माग भएजति आपूर्ति नभएपछि तरकारीको मूल्य दोब्बर वृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी विकास समिति जानकारी दिएको छ ।

बाहिरबाट उपत्यकामा कम तरकारी भित्रिएका कारण त्यसको प्रत्यक्ष प्रभाव उपभोग्य मूल्यमा परेको समितिले जनाएको छ ।उपत्यकामा सामान्य अवस्थामा दैनिक ८ सयदेखि ९ सय टन तरकारी बाहिरबाट भित्रिने गरेको समितिले जनाएको छ । तरकारी कम भित्रिदा मूल्य वृद्धि भएको समितिको अनुमान छ ।

दसैंमा ३ सयदेखि ४ सय टन तरकारी कालीमाटीमा मात्र भित्रिने गरेको छ । यसभन्दा बाहिरका तरकारी बजारमा करिब ३ टन तरकारी आइरहेको अनुमान समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । दसैंमा तरकारी भित्रिने क्रम घटेपछि बजार धान्न समस्या हुँदा तरकारीको भाउ बढेको समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

बजारमा तरकारीको भाउ कसरी वृद्धि भइरहेको छ भन्ने विषयमा सेवाग्राहीलाई जानकारी छैन । खुद्रा व्यापारीले होलसेलमै तरकारी र फलफूलको मूल्य वृद्धि भएको भन्दै महँगो मूल्यमा बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्