२०७८ कार्तिक ९ गते मङ्गलवार

ट्राफिक प्रहरी कार्यालय नारायणपुरको सक्रियतामा पत्रेखोलामा सडक मर्मत



१४ कात्तिक।ट्राफिक प्रहरी कार्यालय नारायणपुरको सक्रियतामा पत्रेखोलामा सडक मर्मत गरिएको छ । घोराही–तुलसीपुर सडक खण्डमा पर्ने सोही खोलामा कचवेमा खाल्डा परेकाले मर्मत गरिएको कार्यालय प्रमुख तथा प्रहरी प्रहरी नायब निरीक्षक विबेक महराले बताए ।

उनका अनुसार खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै मर्मत कार्य गरिएको हो । विहीबार सोही स्थानमा लामो समयसम्म पनि पुल निर्माण नहुँदा आवतजावतमा समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्