२०७८ असार १० गते बिहिवार

प्रहरीले चलाएको गोली लागेर बालक घाइते



१३ कार्तिक । बाराको सुवर्ण गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर बालक घाइते भएका छन् ।

गोली लागेर सुवर्ण गाउँपालिका २ का १४ वर्षका रन्जन यादव घाइते भएका छन् । टाउकोमा गोली लागेर घाइते भएका यादवलाई वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ रेफर गरिएको छ ।

गएराति इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको झण्डै २० क्विन्टल आलु प्याज जिल्ला प्रहरी कार्यालय कलैया लैजाने क्रममा झडप भएको हो । प्रहरीको गाडीमा लोड गरिएको सामान स्थानीयले निकाल्न खोजेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्