२०७८ साउन १८ गते सोमवार

टेलिभिजन प्रस्तोता रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण



१३ कात्तिक । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित उनकी श्रीमति निकिता पौडेलमा कोरोना भाईरस पोजेटिभ देखिएको छ । गत मंगलबार राति हल्का ज्वरो आएपछि पि सि आर टेष्ट गर्दा उक्त दम्पत्तिमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । लामिछानेले कोरोना भाईरसबाट आफु पनि संक्रमित भएको आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन । उनीहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

साथै केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने लामिछानेले जनाएका छन । ‘‘ घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ’’ उनले भने ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्