२०७८ असोज ८ गते शुक्रवार

बार्सिलोनाको लगातार दोस्रो जित



१३ कात्तिक। कप्तान लियोनल मेस्सी आबद्ध स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।

बुधबार राति समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन च्याम्पियन  युभेन्ट्सलाई २,० ले हराएको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक(एक गोल गरे । खेलको १४औैँ मिनेटमा बार्सिलोनाका लागि डेम्बेलेले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बर्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

खेलको अतिरिक्त समयमा कप्तान मेस्सीले गोल गर्दै टिमलाई २,० गोलको जित दिलाए । शनिबार एल क्लासिकोमा रियल मड्रिडसँग ३,१ ले पराजित भएपछि बार्सिलोना कमजोर अवस्थामा थियो ।

सोही कारण क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउले राजीनामा दिएको चर्चा सेलाउन नपाउदै बार्सिलोनाले जित निकालेको हो । आजको खेलमा युभेन्ट्सका मुख्य खेलाडी रोनाल्डो कोरोना भाइरसको संक्रमण देखिएपछि बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए ।

जितसँगै बार्सिलोनाले दुई खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्