२०७८ बैशाख २ गते बिहिवार

विदेशी पाइलटलाइ ६ महिनाभित्र हटाउने नेपाल एयरलाइन्सले तयारी



१३ कात्तिक। विदेशी पाइलटलाइ ६ महिनाभित्र हटाउने नेपाल एयरलाइन्सले तयारी गरिएको छ । चर्को आलोचना भएपछि ६ महिनाभित्र सबै विदेशी पाइटल हटाउने तयारी भइरहेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार हाल करार अवधि बाँकी रहेका ६ जना मात्रै विदेशी पाइलट कार्यरत छन् ।

करिब ३० जनामध्ये अब ६ जना मात्र त्यो पनि करिब ४० प्रतिशत मात्रै तलबमा राखेको निगमले जनाएको छ । लामो समयदेखि उडान नगरे पनि मोटो रकममा तलब दिएर विदेशी पाइलट राखिराखेको भन्दै निगमको आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्