२०७८ मङ्सिर १३ गते सोमवार

राप्ती गाउँपालिकाको कार्यालय संगै १ र ३ वडा चार दिनका लागि सिल



१२ कात्तिक । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि दाङ देउखुरीको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीपनि संक्रमित हुन सक्ने र त्यसले अन्य सेवाग्राहीमा समेत संक्रमनको जोखिम बढाउन सक्ने हुँदा पालिका सिल गरिएको जानकारी दिनुभएको छ । संक्रमितको सम्पर्कमा रहेका अरुलाई पनि संक्रमण हुन सक्ने भन्दै चार दिनका लागि गाउँपालिकाको कार्यालय र १ र ३ नम्वर वडा समेत सिल गरिएको अध्यक्ष सुवेदीले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष सुवेदीले बुधवार एक विज्ञप्ति प्रकासित गर्दे पालिका स्तरिय संकट व्यवस्थापन समितिको निर्णय अनुसार कात्तिक १६ गतेसम्म गाउँपालिकाको कार्यालय, वडा नं.१ र ३ का वडा कार्यालय सिल गरिएको जानकारी दिनुभएको हो । उक्त संक्रमितको हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्