२०८० चैत्र १६ गते शुक्रवार

श्रीमतीसँगको विवादमा गोली चलाउने युवक पक्राउ



१४ असार, जनकपुरधाम –

जनकपुरधाममा श्रीमतीसँग विवाद भएपछि गोली चलाउने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापा चोकमा बस्ने ३७ वर्षीय मनिष अधिकारी रहेका छन् ।

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

उनले श्रीमतीसँग विवाद भएपछि पेस्तोलबाट गोली चलाएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनले श्रीमतीलाई तर्साउन भन्दै घरको छतमा गई गोली चलाएका प्रहरीको भनाइ छ ।

उनको साथबाट अटो पिस्टन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको छ ।

पक्राउ परेका उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्