२०७८ बैशाख २ गते बिहिवार

नेकपाद्धारा यस पटक चियापान नगर्ने निर्णय



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल सम्बत र छठका अवसरमा आयोजना गर्दै आएको चियापान यसपालि नगर्ने भएको छ।

नेकपाले कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै चियापान नगर्ने निर्णय गरेको हो। नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय इश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्तिमार्फत् यस वर्षको चियापान स्थगित भएको जानकारी दिएका छन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि हरेक वर्ष गर्दै आएको चियापान यस वर्ष नगर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्