२०७८ असोज ११ गते सोमवार

छोराले बुवालाई घरको छतवाट फालेपछि घटनास्थलमै मृत्यु



८ कात्तिक । दाङमा आफ्नै बाबुलाई घरको छतवाट फालेर हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई आफ्नै ४५ बर्षीय बुवा बालाराम बिकको हत्या आरोपमा पक्राउ गरिएको हो । उनले बुवालाई घरको छतवाट फालेर हत्या गरेको आरोप छ ।

 

गएराति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतवाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । घटना बारे प्रहरीलाई आज बिहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताउनुभयो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्