२०७८ जेष्ठ १ गते शनिवार

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि आबश्यक पर्ने जग्गाको अबलोकन



७ कात्तिक । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम सन्चालन गर्नका निमित्त घोराही नवलपुरमा रहेको १० बिगाहा जग्गाको अबलोकन गरिएको छ । जग्गाको बारेमा जानकारी दिदै नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशका अध्यक्ष बलिभद्र राना र दाङ जिल्ला उबासंघका अध्यक्ष तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसाल त्यसैगरी प्रतिष्ठानकि उपकुलपती भण्डारिले जग्गा उपयुक्त ठाउमा रहेको र यसका लागि आबस्यक प्रकृया अघि बढाउन प्रतिष्ठान लागि पर्ने बताउनु भयो ।

सो अवसरमा प्रदेश अध्यक्ष रानाले ल्याण्डपुलिङ सिष्टमबाट प्राप्त जग्गा भएकाले उक्त जग्गाको मुल्य प्रदेस सरकारले उपलबध गराएमा प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताउनु भयो । अस्पताल बनाउने र सबैको साझा सम्पत्ति भएकाले यो बारेमा आफुले मुख्यमन्त्रीलाई जानकारी गराउने र अस्पताल बनाउने सवालमा उहाबाट सहयोग पाउनेमा आफू आशाबादी रहेको बताउनु भयो । त्यस्तै सरोकार समितिका संयोजक भुसालले आबस्यक प्रकृया पुर्याएर यो काम अघि बढाउनु पर्ने बताउनु भयो । उहाले जग्गा प्राप्तीको प्रकृयामा सहजिकरण गरिदिन र आबश्यक समन्वय गरिदिन प्रदेश अध्यक्ष रानालाइ महत्वपुर्ण भुमिका खेलिदिन आग्रह गर्नु भयो ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्