२०७८ असार १० गते बिहिवार

अहिले बसोबास गरिरहेको स्थानमा नै चाडपर्व मनाउन सभामुखको आग्रह



६ कात्तिक । प्रतिनिधिसभाका सभामुख अग्‍नीप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर यथासम्भव बसोबास गरिरहेको स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका छन् ।

दसैं, तिहार, छठलगायतका राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले यस्तो आग्ह गरेका हुन् ।

वर्षभरि आइरहने चाडपर्वहरु नेपाली संस्कृतिका मौलिक विशेषता भएको र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त देशमा मनाइने चाडपर्वहरुले विविधताबीचको एकता, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

“विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता छैन । यो वर्षका चाडपर्वहरु कोभिड–१९ को महाव्याधिलाई जीवन पद्दती बनाउँदै यसलाई परास्त गर्ने संकल्पका लागि आपसी छलफल गर्ने अवसर बन्‍ने छ भन्नेमा विश्वास लिएको छु ,” सभामुख सापकोटाले भनेका छन्, “परिवर्तित समयलाई ख्याल गर्दै, कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर यथासम्भव बसोबास गरिरहेको स्थानमा नै चाडपर्व मनाउन सबैमा अपिल गर्दछु ।”

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्