२०७८ साउन १७ गते आइतवार

पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा संक्रमण पुष्टि,

कोरोना जित्नेको संख्या एक लाख नाघ्‍यो : ८१२ जनाको मृत्यु


६ कार्तिक । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र बिहीबार १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ। गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५३८ जना छन्। यस्तै क्वारेन्टाइनमा तीन हजार ७५१जना छन्।

काठमाडौंमा १२ सय ८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ गरेर उपत्यकामा १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको ३ मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए। बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।

२४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या नेपालमा ८१२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्