२०७८ बैशाख ६ गते सोमवार

विजयनगर गापाका जनप्रतिनिधिहरुको दशैँ भत्ता विपद् व्यवस्थापन कोषमा



६ कार्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुले दशैँ भत्ता नलिने निर्णय गरेका छन् । विहिवार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दशैँ भत्ता नलिने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनुभएको छ ।


जनप्रतिनिधिहरुले दशैँ भत्ताको रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उहाँले बताउनुभयो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्युनिकरणमा खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्